बैतडी। जिल्लाको पाटन नगरपालिका–६ डुङरा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। ५७ वर्षीया जानकी लुहारको मृत्यु भएको हो।
घरमा ‘ग्याबिन’ तारमाथि लुगा सुकाउने क्रममा उनीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी उनीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीलको भनाइ छ।