काठमाडौं। सरकारले पानी उद्योगी, ढुवानीकर्ता र वितरकका लागि विभिन्न सर्त तोकेको छ। पानीको बिक्री वितरणलाई प्रभावकारी बनाई सुपथ मूल्यमा गुणस्तरीय पानी उपभोक्तासमक्ष उपलब्ध गराउन भन्दै सरकारले सर्त तोकेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार जार तथा बोटल पानी प्रचलित कानुन बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने विषय एम्बुसिङ प्रिन्टरस्प्रे प्रिन्ट/अन्य विधिमार्फत अनिवार्य उल्लेख गर्नुपर्ने सर्त तोकिएको छ।
त्यसैगरी सरकारले पानी उद्योगी र ढुवानीकर्ताबीच अनिवार्य सम्झौता गरी खरीद तथा बिक्री बिल जारी गर्नु सर्त तोकेको छ। बिल बिजक जारी नगरी पानीको कुनै पनि कारोबार नगर्न समेत सरकारले सचेत गराएको छ।
तोकिएका सर्त पालना भएरनभएको बारे विभागबाट अनुगमन–निरीक्षण हुने र सर्तको उल्लंघन गरेको पाइए कानुन बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ।