काठमाडौं। भिमसेन थापाले बि.सं. १८८१ मंसिरमा आफ्नो बागदरवारको नजिकै धरहरा बनाइ त्यस धरहरामा गजुर चढाएका थिए । पछि १८८३ बैशाख ९ मा रानी ललित त्रीपुरासुन्दरीको नाममा पनि अर्को धरहरा सुन्धारा नजिकै तैयार गराएर त्यस धरहरामा पनि गजुर चढाइएको थियो । तर यि दुबै धरहरा बि।स १८९० को भूकम्पमा भत्किए । पहिलो धरहरा जुन भिमसेन थापाले आफ्नै नाममा बागदरवार नजिकै बनाएका थिए त्यो धरहरा भिमसेन थापाले पूनर्निर्माण नै गराएनन् ।
तर रानी ललित त्रीपुरासुन्दरीको नामको धरहरा जुन बिच भागबाट दुइ टुक्रा भएको थियो यसलाई भने भीमसेन थापाले नै जिर्णोद्वार गराए दिएका थिए । रानीको नामको धरहरा पुनर्निर्माण भिमसेन थापा आफैले गराइदिए पनि सो धरहरालाई रानी स्वयंले भिमसेन स्तम्भको रुपमा स्विकार्न लगाएका थिए जसले गर्दा सर्वसाधारणले पनि नयाँ धरहरालाई भीमसेन स्तम्भको नामबाट चिन्न थाले ।
१८९० को भूकम्प पछि पूनर्निर्माण गराएर ११ तलाको बनाइएको धरहरा पनि बि.सं. १९९० को भूकम्पमा फेरी ध्वस्त भयो । त्यतिबेलाका श्री ३ महाराजा जुदधशम्शेरले पूननिर्माण गराएर ९ तलाको धरहरामा बरण्डा पनि बनाइदिएका थिए । यसरी दुइ तला कम भए पनि धरहरा अझ आकर्षक बनाइएको थियो ।
२०७२ सालको भूकम्पले फेरी सो राणाकालमा पूननिर्माण गराइएको धरहरा पनि ध्वस्त भयो । निकै लामो समय पछि धरहरा पूनर्निर्माणका नाममा अहिले भने अरबौ रुपैया खर्चेर धरहरा होइन टावर बनाइएको छ ।
साथमा राखिएको तस्बिर भने बि.सं. १९७७ सालमा दिर्घमान चित्रकारले खिचेका थिए। यसमा भूकम्पले ध्वस्त हुनु अगाडीको ११ तलाको धरहरा देख्न सकिन्छ। सुनिल उलकको फेसबुक पेजबाट