काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छन्। उनी ४ वर्षका लागि कम्पनीको प्रबन्ध निर्देशक नियुक्त भएकी हुन्।
गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले हिजो पदभार ग्रहण गरेकी हुन्।
अर्यालले भारतको अलाहाबाद युनिभर्सिटीबाट बीई र थाईल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजीबाट एमई गरेकी छन्।