तनहुँ। तनहुँको बन्दीपुर केवलकार १५ दिनका लागि बन्द भएको छ। गत २४ गतेदेखि केबलकार बन्द भएको हो।
केबलकार मर्मत गरेर सेवालाई अझै सुरक्षित बनाउनु पर्ने भएकोले बन्द गरिएको बताइएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले गत जेठ ३१ गतेबाट व्यवसायिक रुपमा बन्दीपुर केवलकार सञ्चालन गरेको थियो।