तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–६ मा खानेपानिको सुविधा पुगेको छ। गाउँपालिका–६ को चार वटा गाउँमा खानेपानिको सुविधा पुगेको हो।
गाउँपाखो खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएपछि खहरे, फिर्कीडाँडा, थुमथुमे, झापर्दी गाउँका ६२ घरमा धारा जडान गरिएको बताइएको छ।
घरघरमा धारा जडान भएपछि स्थानीय खुशी भएका छन्। देवघाट गाउँपालिका–३ को पौवा खोलाको पानी ल्याएर दुई महिनामै योजना सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।
उक्त आयोजना ८५ लाख ५० हजार लागतमा भागीरथी देवी निर्माण सेवाले निर्माण सम्पन्न गरेको हो।