एजेन्सी। केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ। सोनप्रयाग र रुद्रप्रयागबिचको सडकमा पहिरो खस्दा केदारनाथ जाने तीर्थयात्रीको मृत्यु भएको हो।
सडकमा पहिरो खस्दा तीर्थयात्रामा रहेका एक समुहनै पहिरोमा पुरिएकोमा तीन जनाको उद्धार गरिएको बताइएको छ। बाकी अरुपनि पुरिएको हुन सक्ने बताइएको छ। पहिरो खसिरहेको कारण उद्धारमा समस्या भएको बताइएको छ।