सांकेतिक तस्बिर
काठमाडौं। जनकपुरधाम उपमहानगरपालिका–२४ का वडाध्यक्ष र वडा सचिव नै घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलिले वडाध्यक्षसहित तीन जनालाई साढे चार लाख घुससहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डल रहेको अख्तियारले जनाएको छ।
उनीहरुले घरबाटो प्रमाणित गरी दिनका लागि सेवाग्राहीबाट घुस रकम मागेको भन्ने सूचनाका आधारमा अख्तियारले रंगेहात पक्राउ गरेको हो। यस बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।