काठमाडौं। भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन्। सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
गत साउन ३१ गते श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिंदा स्कुटरका चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो।
स्थानीयले भने ट्राफिकले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन समेत गरेका थिए।