काठमाडौं। जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाँझो जमिनमा सिँचाइ र खाली जग्गामा सौर्य विद्युत् उत्पादन गर्ने योजना अगाडी बढाउने बताए। खाँदबारीमा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो योजना सुनाएका हुन्।
उनले जिल्लाका सबै पालिकाले अग्रिम सूचना पाउने गरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमीनमा सिंचाइ सुविधा पुयाउने, खाली जग्गामा सोलार प्रणाली जडान गर्नेलगायतका कामलाई समेत अगाडि बढाउने बताए। मन्त्री खड्काले विद्युतको लाइसेन्स लिने तर काम नगर्नेको लाइसेन्स रद्द गर्ने, काम गर्नेलाई प्रोत्साहन गर्ने, आगामी एक वर्षभित्र जिल्लाका सबै स्थानमा पूर्ण विद्युतीकरण भइसक्ने प्रतिबद्धता समेत जनाए।