जुम्ला। पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग पुनः अवरुद्ध भएको हो।
अविरल वर्षाका कारण गगनेखोला र एसमोडमा आएको पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि निकै समस्या भइरहेको बताइएको छ। यात्रामा रहेका यात्रीहरु आफ्नो गन्तब्यमा पुग्न सकेका छैनन्।
निरन्तर वर्षा भइरहेको कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।