काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं जिल्लाका विभिन्न स्थानमा भएका खानेपनीका मुहानको अनुगमन गरेका छन्। मन्त्री यादवले तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण गरेका हुन्।
मन्त्री यादवले हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए। उनले ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए।
उनले अनुगमनका क्रममा वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौं उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन्।