काठमाडौं। आज सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ। एकैदिन ३ हजार रुपैयाँले सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।