काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले वर्खामा काठमाडाैं उपत्यकामा मेलम्चीकाे पानी नआउँदासम्म पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन्।
मन्त्री यादवले तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण गर्दै मन्त्रालयका कर्मचारीलाइ उक्त निर्देशन दिएका हुन्।
मन्त्री यादवले हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए। उनले ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन समेत दिए।