काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमले आज बिहान देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५८ र तेस्रो वर्गका लागि १५९ रूपैयाँ निर्धारण भएको छ।
डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १५९ रुपैयाँ कायम भएको निगमले विज्ञप्तीमा उल्लेख गरेको छ।
