धनगढी। अविरल वर्षापछि आएको बाढीले दुई वटा सीमास्तम्भ बगाएको छ। कैलालीमा उक्त सीमास्तम्भ बगाएको हो।
उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको बताइएको छ।
धनगढी उपमहानगरपालिकाका अनुसार उपमहानगरपालिका–९ मा रहेको मोहना नदीपारि रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको हो।
यसैगरी भजनी नगरपालिका–७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।
यो वर्ष वर्षाको कारण धेरै नै धन जनको क्षती भइसकेको छ।