काठमाडौं। आज फेरी सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर आजका लागि १ हजार ९ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।