फाइल फोटो
पर्वत। जिल्लाको कुस्मा नगरपालिका–६ स्थित बान्द्रेबिँडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको छ। सात करोड १५ लाख ३० हजार रुपियाँ लागतमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको हो।
उक्त बसपार्क सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले निर्माण गरेको हो।
सडक सञ्चालन भएको ३३ वर्षसम्म पनि बसपार्क निर्माण नहुँदा निकै समस्या हुँदै आएको थियो। तर बसपार्क निर्माण सम्पन्न भएको २ महिनासम्म पनि सञ्चालनमा नआउँदा झनै समस्या भएको प्रहरीले जनाएको छ।
बसपार्क सञ्चालनमा नआएको कारण सडकभरि सवारीसाधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको छ। जसको कारण सवारीसाधन दुर्घटना हुने सम्भावना झन बढ्दै गएको छ।