काठमाडौं। गण्डकी प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय नियोग (कोइका)ले डेढ अर्ब सहयोग गर्ने भएको छ। कोइकाले शिक्षालय निर्माण गर्नका लागि १ अर्ब ४० करोड सहयोग गर्ने गरी सम्झौता भएको हो।
काइकाको नेपालस्थित कन्ट्री डाइरेक्टर सहितको टोलीले शिक्षालय निर्माण स्थलको स्थलगत अध्ययन गरेर सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
शिक्षालय निर्माण गर्नका लागि सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका १ स्थित गुर्धुममा १ सय ६० रोपनी जग्गा दिएको छ। प्रदेशभित्र आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरी युवाहरूलाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका साथ गण्डकी सरकारले प्रतिष्ठान स्थापना गरेको बताइएको छ।