बैतडी। सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझगाउँ केन्द्रबिन्दु भूकम्प गएको छ। उक्त स्थानमा केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरस्केलको भूकम्प गएको हो।
भुकम्प बुधबार बिहान १०ः ८ मिनेट जाँदा गएको हो। बझाङ, डोटी, बैतडी, बाजुरा र अछाममा समेत भुकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।