काठमाडौं। धरहरा आज बिहानदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। आज संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो।
२०७८ बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माण कार्य सम्पन्न नभएको कारण सञ्चालनमा आउन सकेको थिएन।
उद्घाटन गरेको तीन वर्ष वितिसक्दा पनि सञ्चालनमा नआएको धरहरा लामो समयपछि आजदेखि धरहरा सञ्चालनमा आएको हो।
२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ध्वस्त बनाएको धरहरा अहिले आधुनिक तरिकाले बनाइएको बताइएको छ।
सरकारले अर्को व्यवस्था नगर्दासम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने पाइने छ।