बाँके। बाँकेको खजुरा–४ ईगाउँमा खानेपानीको धारा निर्माण गरेका छन्। भर्खरै मृत्यु भएको छोराको सम्झनामा एक दम्पतीले खानेपानीको धारा निर्माण गरेका हुन्।
चोकबहादुर र खिमाले दुर्घटनामा मृत्यु भएको छोराको सम्झनामा खानेपानीको धारा निर्माण गरेको बताइएको छ।
२६ वर्षीया अर्जुन रोकायको गत साउन ४ गते नेपालगन्जको धम्बोझीमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको थियो।
स्थानीय सर्वसाधारण तथा बटुवालाई लक्षित गरी उनीहरूको सहजताका लागि खानेपानीको धारा निर्माण गरेको बताइएको छ।