जुम्ला। जुम्लाको हिमा गाउँपालिका–१ स्थित भैरव आधारभूत विद्यालयको भवन उद्घाटन गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भवनको उद्घाटन तथा हस्तान्तरण गरेका हुन्।
उद्घाटनका क्रममा भण्डारीले जुम्लाको सिंजा क्षेत्रमा रणनीतिक अस्पताल खोलेर स्वास्थ्य सेवालाई थप सहज बनाउन लागिएको बताए। मन्त्री भण्डारीले रणनीतिक अस्पताल स्थापनाको लागि प्रक्रिया सुरु भइसकेको बताए।
सिंजा हुँदै आन्तरिक तथा बाहृय पर्यटकहरु मुगुको राराताल जाने भएकोले अस्पताल स्थापनाले ठूलो राहत मिल्ने उनको भनाइ छ।