काठमाडौं। मेलम्चीको खानेपानी काठमाडौं आउने भएको छ। घटस्थापना अघि नै मेलम्चीको खानेपानी काठमाडौं आउने भएको हो।
दशैँअघि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएसँगै पानी काठमाडौं आउने भएको हो।
बर्खा लागेपछि वर्षा धेरै हुने भएकोले पानी धमिलो आउने र बाढीको जोखिमका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि मेलम्चीको पानी बन्द गरिएको थियो।
बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी वितरण गर्ने योजना अनुसार तयारी भइरहेको खानेपानी आयोजना मेलम्चीले जनाएको छ।
मेलम्ची खानेपानी बन्द गरेपछि काठमाडौंमा पानीको निकै समस्या भएको छ। पैसा तिरेर पनि पानी नपाएको काठमाडौं बासीहरु बताउछन्। अब पानी आएपछि केही सहज हुने भएको छ।