काठमाडौं। रोल्पाको थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी भएको छ। उनको गोठमा आगलागी हुँदा नगद चार लाख रुपैयाँ जलेर क्षति भएको हो।
बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।