काठमाडौं। दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट असोज १२ देखि खुला गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारी साधनको अग्रिम टिकट असोज १२ देखि खुला गरिने निर्णय गरेको हो।
अग्रिम टिकट बुकिङ खुलाउनुअघि सडक सुरक्षा लगायतका विषयमा महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृहमन्त्रालयबीच छलफल समेत भइसकेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो।
काठमाडौं उपत्यकाबाट बाहिरिने अधिकांश सडक मर्मत कार्य भइरहेकालेअग्रिम टिकट असोज १२ गतेबाट मात्र खुला गरिने भएको बताइएको छ।