काठमाडौं। सुनको मुल्यमा आज नयाँ रेकर्ड कायम भएको छ। तोलामा एकैदिन १७०० रुपैयाँले बढेर सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो।
छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।