काठमाडौं। गए राति एक घरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ। ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको हो।
दुर्गाबहादुर आङवुहाङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आगलागीबाट मानवीय क्षती नभएको र बाकी खबर आउँन बाकी रहेको प्रहरीले जनाएको छ।