काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियान नेपालको अगुवाइमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुमा प्राधिकरण सहित उच्च पदस्थ व्यक्तिहरूको भूमिका रहेको प्रदर्शनकारीहरुको भनाइ छ। उनीहरुले महानिर्देशकले भ्रष्टाचार गरेको आरोपसहित बर्खास्तीको माग समेत गरेका छन्।
उनीहरूले विमानस्थललाई वीआरआईको हिस्सा भनेर बदनाम गरिएको आरोप समेत लगाएका छन्। चिनियाँ राजदूतसँग नेपाल सरकारले कूटनीतिक नोट मागेर बीआरआई परियोजनाको होहल्लाबाट स्पष्ट हुनुपर्ने उनीहरुको भनाइ छ।