काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढल्केवर सबस्टेसनको निरीक्षण गरेका छन्। उनले हिजो धनुषाको ढल्केवरमा रहेको उक्त सबस्टेसनको निरीक्षण गरेका हुन्।
नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ।
सबस्टेसनको निरीक्षण गर्दै खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम जतिसक्दो छिटो सकाउन निर्देशन समेत दिएका छन्।