काठमाडौं। मंगलबार सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज प्रतितोला आज १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
आज चाँदीको मुल्य भने घटेको छ। हिजो प्रतितोला १९२० रुपैयाँ रहेको चाँदीको मुल्य आज १९१५ रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ।