बरहथवा। सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। सर्लाहीको गोडैता नगरपालिका–१० को सिसौटियामा करेन्ट लागेर २ वर्षको बालकको मृत्यु भएको हो।
दुई वर्षका आयुषकुमार चौधरीको घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।