सल्यान। सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा ‘एक घर एक धारा अभियान’ बाट पाँच हजारभन्दा बढी मानिस लाभान्वित भएका छन्। पालिकाले एक वर्षमा आफ्नो सात वटै वडाको ८ सयभन्दा बढी घरमा धारा जडान गर्दा पाँच हजारभन्दा बढी मानिस लाभान्वित बनेका हुन्।
पालिका र खानेपानी स्वच्छता परियोजनाको सहकार्यमा झन्डै ३ करोड बजेटमा ५० बढी योजनामार्फत घरघरमा खानेपानी पुर्याएको पालिकाले जनाएको छ।
पालिकाले मात्र ३६ योजना सम्पन्न गरेर ५ सय १२ घरमा पानी पुर्याएको छ भने खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना अन्तर्गत चार वडाका ३ सय ९ घरमा पानी पुगेको हो।
घरघरमा खानेपानी पुगेपछि स्थानीय पनि खुसी भएका छन्। एक गाग्री पानीका लागि घण्टौं हिँड्न पर्ने बाध्यताको अन्त्य भएको उनीहरुको भनाइ छ।