काठमाडौं। झापाको दमक –४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो।
घर बनाउने क्रममा उनलाई गएराति १० बजे चट्याङ लागेको थियो।
जिल्ला प्रहरी कार्यालय दमकका अनुसार उपचारका क्रममा दमक अस्पतालमा राति ११ः३० बजे उनको मृत्यु हो।