काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी सबस्टेशन स्थलगत निरीक्षण गरेका छन्। खड्काले मंगलबार उक्त सबस्टेशनको स्थलगत निरीक्षण गरेका हुन्।
निर्माणाधिन त्रिशूली थ्री बी हब २२०।१३२।३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको स्थलगत निरीक्षण गर्दै काम छिटो सम्पन्न गर्न समेत उनले निर्देशन दिएका छन्।
मन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलो हुँदा राज्यले दैनिक ठूलो घाटा बेहोर्नुपरेको भन्दै उनले जतिसक्दो काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन्।