फाइल तस्बिर
बैतडी। पहिरोले बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा एक घर पुरिएको छ। बुधबार राति आएको पहिरोले जोखल्लीका सुरेन्द्र रोकायाको घर पुरिएको हो।
पहिरोको जोखिममा रहेको रोकायाको घरमा वर्षा सुरु भएदेखि नै मानिस नबस्ने भएकाले मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। वर्षा सुरु भएदेखि नै रोकायाको परिवार र गाइवस्तुु आफन्तको घरमा सारिएको थियो।
पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा भने नष्ट भएका छन्।