बैतडी। बैतडीमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। दुर्घटनामा परी चालकसहित छ जना घाइते भएका हुन्।
गएराति डुवापानीमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारका लागि धनगढी ‘रेफर’ गरिएको प्रहरीले बताएको छ।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।