फाइल तस्बिर
काठमाडौं। पाँचथरको फालेलुङ गाउँपालिकामा हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेको छ। फालेलुङ ३ र ७ को सिमावर्ती हेवा खोलास्थित घुमाउनेटारमा बिहीबार साँझदेखि डाइभर्सनमाथिबाट पानी बग्न थालेको हो।
बाढीले डाइभर्सनको सतह पार गरेपछि सदरमुकामदेखि फालेलुङ गाउँपालिकातर्फ जाने सवारी र ढुवानीका साधन आवागमन बन्द भएको छ।
गाउँपालिकाले निरन्तरको झरीसँगै ठाउँ–ठाउँमा पहिरोको जोखिम बढेको भन्दै तत्काल यात्रा नगर्न स्थानीयलाई सचेत समेत गराएको छ।