काठमाडौं। राष्ट्र बैंकले आजदेखि दसैंतिहारका लागि सुकिला नोट साट्न मिल्ने सुविधा दिएको छ। बैंकले दसैंतिहारकै लागि भनेर नयाँ नोट छपाइ नगरे पनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याएको हो।
राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।