काठमाण्डौं। बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ। निरन्तरको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी ३० जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ।
एक सय ९४ जना घाइते भएको र उनिहरुलाई उद्धार गरि निःशुल्क उपचार भइरहेको बताइएको छ।
वर्षाको कारण ठूलो धनजनको क्षति भएको कारण सतर्कता अपनाउन अनुरोध गरिएको छ।