काठमाडौं। फिकल कोलिफर्म भेट्टाएपछि ११ ब्रान्डका पानी बिक्री–वितरणमा रोक लगाइएको छ।
काठमाडौंका विभिन्न स्थानबाट २१ वटा पानीको नमुना संकलन गरी परीक्षण गरिएकोमा ११ वटा ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको हो।
काठमाडौं महानगरपालिकाले पानी बिक्रीमा रोक लगाए ब्रान्डलाई दुई/दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ। जरिवाना राजस्व खातामा दाखिला गर्न महानगरले निर्देशन दिएको छ ।