काठमाडौं। बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३३ पुगेको छ। हालकै बाढीपहिरोमा मात्रै ज्यान गुमाउनेको संख्या २३३ पुगेको हो।
२२ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ। १६९ जना घाईते भएको र उनिहरुलाई उद्धार गरी उपचार गरिरहेको बताइएको छ।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।