काठमाडौं। तनहुँमा पुल निर्माणको काम गर्ने एक १९ वर्षीय युवक नदीले बगाएर बेपत्ता भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिकाको वडा नम्बर ३ र वडा नम्बर ५ जोड्ने पुलमा काम गर्ने बर्दियाका नवीन चौधरी बेपत्ता भएका हुन्।
बुधबार साँझ काम सकेर मादी नदीमा नुहाउने क्रममा उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घटना लगत्तै खोजि गरिएको बुधवार साँझ फेला नपरे पछि बिहीबार बिहानदेखि खोजि भइरहेको प्रहरीले जनाएको छ।