काठमाडौं। आज पनि सुनको मुल्य बढेको छ। आज तोलामा १ सय रुपैयाँले बढेको हो।
आज प्रतितोला सुनको मुल्य १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेको हो। आज १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।