काठमाडौं। सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ। माइक्रोबास दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
काठमाडौंबाट मोरङका लागि छुटेको हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाईते भएका १५ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाईतेलाई उपचारको लागि अस्पताल पुर्याईएको बताइएको छ।