काठमाडौं। नारायणघाट–काठमाडौं सडकमा दशैंभर ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै नारायणघाट–काठमाडौं सडकमा दशैंभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो।
सूचनामा घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ। आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात र निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक आवतजावतमा रोक नलगाउने समेत सूचनामा उल्लेख गरिएको छ।