म्याग्दी। जिल्लाको धवलागिरि गाउँपालिका–४ मुदीमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ। ८९ लाख लागतमा स्वास्थ्यचौकी भवन निर्माण भएको हो।
नयाँ भवनबाट सेवा सुचारु गरिएको बताइएको छ। दुईतले भवन सात वटा कोठा भएको नयाँ भवन निर्माण सम्पन्न भएर सेवा सुरु गरिएको हो।
भवन निर्माण नहुँदा सेवा प्रवाह गर्न समेत समस्या भएको थियो। अब नयाँ भवनबाट सेवा दिन सहज भएको स्वास्थ्यचौकी परिवारले जनाएको छ।