काठमाडौं। असोज ११ र १२ गतेको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या हालसम्म दुई सय ४४ जना पुगेको छ। बाढी पहिरोमा बेपत्ता भएका र घाइते भएकाहरुको विवरण प्राप्त हुँदै जाँदा मृत्यु हुनेको संख्या बढ्दै गएको हो।
अहिले पनि उक्त दिनको बाढी पहिरोमा परेर ११ जना बेपत्ता छन।
हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको बताइएको छ।