दाङ। दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस डाँडापातुमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।