काठमाडौं। आज सुनको मुल्य घटेको छ। तोलामा तीन सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार हाल सम्मकै उच्च विन्दुमा पुगेको सुनको मुल्य आज घटेको हो।
यसैगरी आज चाँदीे प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।